राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा त्रिवेणी गाउँपालिकाका ६ विद्यालय छनौट

0
220
Google search engine

२०७८ फागुन ०४ बुधबार

अमृत वली

त्रिवेणी गाउँपालिकाका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वटा बिद्यालयमा बिद्यालय भवनको लागि ५४ लाख र ४ वटा बिद्यालयको लागि ६ लाख ५० हजार बराबरको आईसिटी ल्याव स्थापनाको लागि ४ वटा बिद्यालयलाई २६ लाख बजेट विनियोजन भएको छ। भगवती माध्यमिक बिद्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर २दहबनको ४ कोठे बिद्यालय भवनको लागि ३६ लाख ,गोविन्द माध्यमिक बिद्यालय वडा नम्बर ७ दुम्लाको २ कोठे बिद्यालय भवनको लागि १८ लाख बजेट विनियोजन भएको छ । भने जनजागृति माध्यमिक बिद्यालय वडा नम्बर ५ जुगार,बिरेन्द्र माध्यमिक विद्यालय वडा नम्बर ७ गाङ,सिद्धरत्न माध्यमिक विद्यालय वडा नम्बर ५ हान्जबाङ र शुक्र माध्यमिक विद्यालय वडा नम्बर २ झुम्लुङ्गको आइसिटी ल्याव स्थापनाको लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार बराबरको बजेट पर्ने गरि जम्मा २६ लाख विनियोजन भएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाका २० वटा विद्यालयहरुमा ३६ लाख बराबरको ४ कोठे भवन, १८ वटा बिद्यालयमा १८ लाख बराबरको २ कोठे भवन, ३९ वटा बिद्यालयमा ६ लाख ५० हजार बराबरको आइसिटी, १ बिद्यालयमा १० लाख बराबरको ल्याब, १ बिद्यालयमा TEVT छुट २६ लाख र १ बिद्यालयमा २८ लाख ४ हजारको बालि बिज्ञानका लागि ८० वटा योजनामा १३ करोड ६१ लाख ५४ हजारको बजेट बिनियोजन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here