रोल्पामा श्रीमतीद्वारा श्रीमानको हत्या

0
194
Google search engine


रोल्पाको सुनछहरी गाउँपालिका वडा नं ६ फगामको झिउरिवाङमा ०७८ माघ ४ गते ४१ वर्षीया श्रीमती निमा पुन मगरले ४५ वर्षीय श्रीमान काले पनु मगरको ढुङ्गा प्रहार गरि हत्या गरेका छन् । दिउसो घरमा सुतिरहेको अवस्थामा निमाले ढुङ्गा प्रहार गर्दा पुनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुलिचौरले बताएको छ । निमाको मानसिक सन्तुलन ठिक नभएको कारण घटना भएको हुनसक्ने सुनछहरी गाउँपालिका ६ का वडा अध्यक्ष अम्मरजित पुन मगरको भनाई रहेको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल रेउघामा गरिएको प्रहरी कार्यलय सुलिचौरले बताएको छ । निमालाई ०७८ माघ ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामाथि थप अुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय सुलिचौरका प्रहरी प्रमुख लक्षमण वलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here