सुरक्षित आप्रवासन (सामी) परियोजनाको जिल्ला तहमा प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
128
Google search engine

सुरक्षित आप्रवासन (सामी) परियोजनाको जिल्ला तहमा प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीले संशोधित वैदेसिक रोजगार नियमावलीले प्रदान गरेको प्रजिअको भूमिका र आप्रवासी श्रोत केन्द्रसंगको सहकार्य सम्बन्धी सहायक प्रजिअ श्रीनाथ पौडेलले र वैदेसिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका बिषयमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसीले सहजीकरण गर्नुभएको थियो । सामिका कार्यक्रम बोर्ड प्रमुख बिष्णु अर्यालले सामीको समग्र उदेश्यको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सामीपरियोजना अधिकृत बेरजङ पुनले गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगरका वडाअध्यक्षहरु, प्रहरी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हेल्भेटाँस र सामीको प्राविधिक सहयोग र रोल्पा नगरपालिको सहयोग तथा डिकोस रोल्पाको आयोजनामा यो कार्यक्रम आयोजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here