तिलाबजार देखि प्रा. बि. रानागाउँ हुँदै नाङ्गा जोड्ने मोटरबाटो बिचमा धाङ अनि बढी समय लाग्ने भए पछि दोजर मालिक पुर्ण डाँगीले बाटो रानागाउ बिद्यालय सम्म त पुर्याए तर गाउँपालिका सङ्ग नाङ्गा छेडा पोखरा सम्म पुर्याउने डाँगी ले सम्झौता गरिसकेकाले मोटरबाटो त्यही सम्म लग्न पर्ने थियो तर स्थानीय सङ्ग दोजर मालिकले दुखेसो पोखिसके पछि स्थानीयले आफ्नै गाउँको बिकास त हो भनी बच्चा पाइला सामुदायिक बनको कोषबाट थप रु २ लाख प्रयोग गरि छेडा पोखरा सम्म पुर्याउने त भए । अन्य टोल रानागाउँ , निपाने,सातधारा टोलले पनि आफू उक्त बनको उपभोक्ताको नाताले रु.२ / २ लाख पाउने नै भए बाटो खन्न । अहिले तद्कालै नाङ्गा छेडा पोखरा सम्म बाटो गएर रानागाउँको जिम्मामा भएको रु. २ लाख र आफ्नो भाईबन्धु कोषबाट २ लाख ३० गरि जम्मा रु ४ लाख ३० हजारमा रानागाउँ टोलको पुछान सम्म मोटर बाटो पुर्याएका छन। स्मरण रहोस् निपाने र सातधारा टोलले पनि उक्त बन समूहबाट २ / २ लाख रुपैयाँ बराबर बाटो खन्न पाउने छन । बच्चा पाईला सामुदायिक बनले रु. ९ लाख खर्च गर्ने छ।