नेपाल विद्युत प्राधिकरण रोल्पाले तिलाबजारमा एक नोलाईत सेवा राखी आसपासका क्षेत्रमा रिडिङ गरि विद्युत महशुल बुझ्ने गरेकोमा ६ महिना बितिसक्दा पनि अझै विद्युतका कर्मचारी तिला आएका छैनन् । प्रत्यक महिनाको १३ गते विद्युत बिल उठाउने भएतापनी कोरोनाका कारण न आएको स्थानीयले बुझेका छन। विद्युत कार्यालय रोल्पाले नत लिवाङ गएर भए पनि बिल तिर्न भनेको छ, न आफै तिला बजार आएको छ। १३ गते तिलाबजार आसपासका सेवाग्राही आएर आज पनि घर फर्केका छन। ग्राहकले अनुमान समेत लगाएका छन कि कोरोनाको बाहनामा कार्यालय सार्न सक्छ। त्यस्मा हामिले प्रतिबाद गर्न पर्छ यदि हामिले समयमा बिल तिर्न नसकेको भए वा नतिरे जरिवाना हुन्थ्यो। प्रत्यक १३ गते हामी तिलाबजार आएकै छौँ ।हामिले कुनै हालतमा जरिवाना तिर्नेवाला छैनौं स्थानीयले बताए। स्मरण रहोस यस भन्दा अघि कार्यालय सार्नै लाग्दा स्थानीयको चर्को दबाबमा तिलामै कार्यालय रहेको थियो। सम्बन्धित विद्युत कार्यालय सङ्ग वडाले समन्वय गर्न नसकेको वडाबासी बताउछन।