सामुदायिक रेडियो पल्लवी ९५.२ मेगाहर्ज रोल्पा 20

0
115
Google search engine

अमृत वलि
सामुदायिक रेडियो पल्लवी ९५.२ मेगाहर्ज
रोल्पा !!
राष्ट्रिय बाल दिबस २०७७ को अबसरमा त्रिवेणी गाउपालिका ७ हम्पा रोल्पामा रहेको नव कृयाशिल बाल कल्व रोल्पाले पनि बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ !!
कल्वका सचिव मनिका वि.कको सभाअध्यक्षतामा सञ्चालन भऐको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउपालिका निमित्त प्रमूख प्रशासकिय अधिकृत श्री हेमराज उपाध्याय , विशिष्ट अथितिहरुमा सेभ द चिल्ड्रेन त्रिवेणी गाउपालिका प्रमूख श्री कान्ति खड्का , त्रिवेणी गाउपालिका शिक्षा साखा प्रमुख श्रि अमृता बुढाथोकी , त्रिवेणी गाउपालिका महिला वालबालिका तथा समाज कल्याण शाखा प्रमुख श्री हिरा पुन , हुरेक रोल्पा सेभ द चिल्ड्रेन त्रिवेणी गाउपालिका फिल्ड संयोजक धरेन्द्र डागि , त्रिवेणी गाउपालिका कार्यपालिका गाउ कार्यपालिका सदस्य श्री रेशम वि .क , त्रिवेणी गाउपालिका ७ वडा सदस्य श्री मिलन वुढा मगर , अथितिहरुमा मा. वि दुम्लाका प्र. अ . नर ब. वलि , रेडियो पल्लवि रोल्पाका रेडियो प्रतिनिधि अमृत वलि , केरावारी कृषक समुह अध्यक्ष भिम ब. बुढाथोकि , गारापानि कृषक समुह अध्यक्ष सुरेस डागि अादि .. रहनु भएको थियो ।
वालबालिकाको हकहितको लागि वर्षौ देखि काम गर्दै आईरहनु भएकि सेभ द चिल्ड्रेन त्रिवेणी गाउपालिका प्रमुख कान्ति खड्काले वालबालिका भविष्यका कर्णधार भएकाले वालबालिकालाई शिक्षाबाट वञ्चित नगराउन सबैमा आग्रह गर्नु भएको थियो । कोरोनाले विश्व नै त्रसित भैरहेको समयमा सम्पुर्ण वालबालिकालाई घरमै पढ्ने उपयुक्त वातावरण मिलाउन सम्पुर्ण अभिभावकहरुमा अनुरोध गर्न भएको थियो ।। कल्वका सह- कोषाध्यक्ष निमा बुढाथोकीको स्वागत मन्त्व्यबाट सुरुभएको कार्यक्रममा कार्यक्रमको सहजिकरण कल्वका अध्यक्ष भरत बुढाथोकीले गर्नु भएको थियो ।। र कार्यक्रममा आयोजित कार्यक्रमहरुमा १८ वर्ष मुनिका वालबालिकाको खुल्ला हाजिरी जवाफ प्रतियोगिता , बक्तृत्वकला प्रतियोगिता , हिसाब दौड प्रतियोगिता लगाएतका कार्यक्रम भाद्र ३० सम्पन्न हुने कल्वका अध्यक्ष भरत बुढाथोकीले बताउनु भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here