स्थानीयको जाँगर

0
277
Google search engine
    1. घरजग्गा बढी जोखिममा रहेकाले स्थानीयको चिन्ता
      …………. सामुदायिक रेडियो पल्लवी रोल्पा ……………..
      तिलाबजार, प्रा.बि. रानागाउँ हुँदै नाङ्गा जोड्ने मोटरबाटो यतिबेला निर्माणाधिन छ। स्थानीय तहको बिकास निर्माणको तिब्र रुपले साबिकको गैरीगाउँ -७ सातधारा,रानागाउँ ,निपाने र नाङ्गा बासिलाई खुशी तुल्याएको छ। यसै क्रममा बन जङ्गल सङ्गै थुप्रैको जग्गा नोक्सान त भएको छ नै तर समाज सेवी मान बहादुर पुनको घर समेत जग्गा बढी असर पर्ने देखिए पछि स्थानीय बासि समाजसेवी पुनको घर जग्गा बचाउन भनि दैनिक खटिइरहेका छन।
      डोजरले ब्रेकरद्वारा ढुङ्गा सुरक्षित थुपार्छ अनि स्थानीय बासिन्दा उक्त ढुङ्गालाई बाटोको डिलनेर बसाउन झुम्म पर्छन। शनिबारदेखी व्यस्त रहेका स्थानीयले घरमाथिका कान्लोमा रुख काटेर समेत बारेका छन। त्यसो गर्नाले अहिले सम्म छिटफुट ढुङ्गा बाहेक घरजग्गामा ढुङ्गा पुगेको छैन। यो समाचार तयार पार्दा सम्म आधा भन्दा बढी बाटोको डिलमा ढुङ्गा राखेर सुरक्षित बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here