बाँस हस्तकला निमार्ण सम्बन्धि पुर्नताजगिय तालिमको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

0
110
Google search engine

बाँस हस्तकला निमार्ण सम्बन्धि पुर्नताजगिय तालिमको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराकासाथमा गरिबि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अनर््गत तालिम दिईएको हो । रोल्पा नगरपालिकाको आयोजनामा नगरका यूवाह्रुलाई आत्मनिर्भर बनाउने उदेश्य स्वरुप यो ३ महिने तालिमको आयोजना गरिएको हो । नगर प्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, प्रशासकीय अधिकृत सुशील थापा, प्रशिक्षक तुलमान राई, प्रशिक्षार्थीहरुका तर्फबाट तिलकुमारी थापाले बोल्नुभएको थियो । रोल्पा नगरपालिका ४ नम्बर वडा अध्यक्ष नवराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लघुउद्यम विकास सहजकर्ता जितकुमारी घर्तीले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको छ । तालिमका सहभागिहरुले कार्यक्रममा सहभागि भएका अतिथिहरुलाई आफुहरुले निर्माण गरेका बाँसका सामाग्रीहरु उपहार दिएका छन् । सहभागिहरुले तालिम उपलब्धीमुलक भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here