माघ २७ कञ्चनपुर ।
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरले भ्रष्ट वडा अध्यक्षमाथि जनकारबाही गरेको छ।
बिहिवार बेल्डडि गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम खातिलाई कालोमोसो लगाएर जनकारबाही गरिएको संगठनले जनाएको छ।


भ्रष्ट वडा अध्यक्ष प्रेम खातिलाई कारवाही गर्नुको कारण यस्ता रहेका छन?
१. वडा कार्यलय भवनको भाडा एकठाउँ दिने अनि कार्यलय भने गाउँपालिका भित्र रहेकाले।
२. संम्झौता बहुउद्देश्यीय र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने निर्णय गरेकोले।
३. मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेकाले।
४. मनोमानी तरिकाले ग्राईविल फालेको हुनाले।
५. उपभोक्ता समिति पनि मनोमानी तरिकाले आफ्नो अनकुलतामा काम गरेकाले।
६.गाउँपालिकाको पछाडि एकल महिलाका लागि २८ लाखमा बनाएको ०४ कोठे भवनमा समेत अनमियतता गरेको हुनाले।
७. बसपार्कका लागि भनी ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेकाले ।
८. वडा कार्यलयमा उपस्थित नभई सेवा ग्रहिहरुलाई अनेक बाहनामा दु:ख दिएकाले।
९. कालिकिच उपभोक्ता समितिको कार्यलय देखि क्याम्प सम्मको सडक निर्माण मा पनि आर्थिक अनिमियतता भएकाले।