Google search engine

२०७८फागुन ०३ गते मङलवार

राेल्पा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ दिने रिफ्रेसर तालिमकाे आयाेजना गरिएको छ । तालिमकाे नगर प्रमुख पुर्ण केसीले उदघाटन गर्नुभएको छ । नगरका ६३ जना महिला स्वयंसेविकाहरुलाइ दुई चरणमा गरेर उक्त तालिम प्रदान भैरहेकाे नगर स्वास्थ्य शाखा प्रमुख टंक गिरीले बताउनुभयाे । जसमा पहिलाे चरणकाे तालिम हिजो सोमबारबाट शुरु भएको छ भने केही दिनपछि दाेस्राे चरणकाे तालिम शुरु हुने बताइएकाे छ । नगर स्वास्थ्य शाखाकाे आयाेजनामा आयाेजित तालिमकाे सहजिकरण स्वास्थ्यकर्मिहरु दलबहादुर नेपाली, निर्ध्वज घर्ती , दिपेन्द्र बिक, सुमन आचार्यले गरिरहनुभएकाे छ । प्रजनन स्वास्थ्य, विभिन्न स्वास्थ्य सम्बन्धि सचेतनामुलक तालिम प्रदान गर्ने आयाेजकले बताएको छ । स्वास्थ्यकाे क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रदान गरिरहेकाे सेवाकाे मुल्यांकन गर्दै उक्त क्षेत्रमा अझै दक्षबनाउन र उनिहरुलाइ जागरुक बनाउनका लागि यश तालिमकाे आयाेजना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख गिरीले बताउनुभयो । उदघाटन कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख गिरीले गर्नुभएको थियाे भने स्वागत मनतब्य सिअहेब नैना डांगीले दिनुभएको थियाे । तालिम ३ दिन सम्म सञ्चालन हुने आयाेजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here