Google search engine

२०७८ फागुन ०३ मङ्गलवार

त्रिवेणी गाउँपालिका रोल्पाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला सहकारी संस्थालाई व्यवसायिक तालिम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय सुचना केन्द्र तथा सामुदायिक सभाहल त्रिवेणी गाउँपालिका ७ तिला रोल्पामा सम्पन्न भएको छ ।। त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सुरुभएको अभिमुखिकरण कार्यक्रममा त्रिवेणी गाउँपालिका ७ का वडा अध्यक्ष भान बहादुर घर्ती, त्रिवेणी गाउँपालिका कार्यपालिका सदस्य गिता नेपाली , त्रिवेणी गाउँपालिका महिला बालबालिका शाखा इकाई प्रमुख हिरा बुढा , त्रिवेणी गाउँपालिका ७ कि वडा सचिव जित कुमारी वली (थारु),दिपमाला महिला बचत तथा ऋणसहकारी संस्थाकि अध्यक्ष लालसरी घर्ती ,उद्योग सहजकर्ता दिपा कुमारी वुढा, गैरिगाउ स्वास्थ्य चौकी प्रमुख रुपास बस्नेत ,पशु प्राविधिक खगेन्द्र रिजाल , पोषण सहजकर्ता सुरेस डागी लगाएत अन्य ४० जनाको उपस्थित रहेको थियो । त्रिवेणी गाउँपालिका रोल्पाको बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि मिति २०७८पुस १ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार सत प्रतिशत अनुदान दिने निर्णय गरिएको थियो र सोही मुताविक सुनौलो हजारदिनका २५ जना महिलाहरुलाई व्यवसायिक तथा आयमूलक आयआर्जनका लागि रु २५ हजारका दरले एकमुष्ट ६ लाख २५ हजार रुपैयाँ दिपमाला महिला तथा बचत ऋणसहकारी संस्था त्रिवेणी गाउँपालिका ७ तिलालाई प्रदान गरिने बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here