नगरपालिका स्तरीय जलवायु पविर्तन महिला सचेतना मञ्चको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
104
Google search engine

२०७८ फागुन ०३ मङ्गलवार

नगरपालिका स्तरीय जलवायु पविर्तन महिला सचेतना मञ्चको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख पूर्ण केसीले कार्यक्रमको उदघाटन गर्दै यस कार्यक्रमले आर्थिक उपार्जनदेखी गरिबी न्यूनीकरणको कार्यमा प्रभावकारी काम गरेको बताउनुभयो । आशा परियोजना अन्र्तगत रोल्पा नगपालिका भित्रका वडा नम्बर ६, ७, ८ र १० नम्बरमा गरी ४ वडा वडामा लापा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रममा जलवायु परिवर्तन र महिलाको प्रभावका बिषयमा कार्यक्रम संयोजक बिनोद ज्ञवालीले प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल सरकारद्धारा सञ्चालित यो परियोजनाले रोल्पाको ७ वटा पालिका र ३० वटा वडहरुमा कार्यक्रम गरीरहेको उहाँले बताउनुभयो । यसैगरी जिल्ला जलवायु परिवर्तन विज्ञ युवराज गुरागाँइले जलवायु अनुकुलन बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नगर उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका सामाजिक विकास परिचालन अधिकृत रबिन राईले गर्नुभएको थियो । कार्यक्रममा रोल्पा नगरपालिकाका १० वटै वडाका महिला प्रतिनिधिहरु सहभागि रहेको १७ सदस्यीय महिला सचेतना मञ्च गठन भएको छ । जस्को संयोजक नगर कार्यपालिका सदस्य मिना घर्ती रहनुभएको छ । कार्यक्रममा रोल्पा नगरपालिकाको निति तथा कार्यक्रमको बारेमा महिला तथा बालबालिका शाखाका प्रमिला घर्तीमगरले प्रस्तुती गर्नुभएको थियो । रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा, आशा परियोजनाका रेन्जर राजेस डाँगी, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा बुढा, राजनितिक दलका महिला प्रतिनिधिहरु र विभिन्न वडाबाट सहभागि भएका महिला प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here