Saturday, May 21, 2022
Radio Pallawee FM FM
Home Blog

नेपाल निजामती कर्मचारी संगठन राेल्पाकाे अध्यक्षमा हिमाल घर्तीमगर

0

नेपाल निजामती कर्मचारी संगठन राेल्पाकाे अध्यक्षमा हिमाल घर्तीमगर निर्वाचित भएका छन्।

शनिबार  लिबाङमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनले घर्तीमगरकाे नेतृत्वमा नयाँ समिति गठन गरेको हो। अधिवेशनबाट उपाध्यक्ष खुलामा खुमबहादुर सार्की, उपाध्यक्ष महिला सीता त्रिपाठी, सचिव हरिभक्त खनाल, सह–सचिव ऋषिकेश केसी, काेषाध्यक्षमा बेदूराम आचार्य निर्वाचित भएका छन्।

संगठनको जिल्ला सदस्यहरूमा दिपेन्द्र बुढा, दले बानिया, हर्कराज घर्तीमगर, माेतिराज न्याैपाने, चाेलाकान्त पाण्डेलाई र मञ्जु वली छन्। अधिवेशनले झग बहादुर फेवाली र टाेपेन्द्र पाैडेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ।

एमाले केन्द्रीय सदस्य तथा राेल्पा सह–इन्चार्ज ईश्वरी जीएमकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एमाले राेल्पाका उपाध्यक्ष विजय घर्तीमगर, नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय सदस्य तथा राेल्पा इन्चार्ज शीला मल्ल, एमाले राेल्पा नगरपालिका अध्यक्ष घनश्याम आचार्यलगायतकाे आतिथ्यता थियाे।

रोल्पाली विद्यार्थी मञ्च दाङको अध्यक्षमा दिपक केसी चयन

0

अमृत वली

२०७८फागुन २९

अमृत वली रोल्पा २०७८फागुन २९ दाङमा अध्ययनरत रोल्पाली विद्यार्थी हरुको साझा संस्था “रोल्पाली विद्यार्थी मञ्च दाङ” को सम्मेलन “समृद्ध रोल्पा निर्माणमा एकजुट भइ जुटौं! सभ्य ,शिक्षित समाज निर्माण गर्न रोल्पाली विद्यार्थीहरु उठौँ! भन्ने मुल” मुल नारासहित भब्य एवम् ऐतिहासिक रुपमा सम्पन्न भएको छ । नि वर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता । रोल्पाली सेवा समाजका सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्ती, रोल्पा बाट दाङ मा आउनु भएका घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डागी , समाजसेवी एवम् रोल्पाली सेवा समाज दाङ का सल्लाहकार पदम खत्री, रोल्पाली विद्यार्थी मञ्च दाङ का पूर्व संयोजक तथा हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी को बिशिस्ट आतिथ्यता,रोल्पाली समाजसेवी लाल बहादुर घर्ती, समाजसेवी एवम् रोल्पाली सेवा समाजका सल्लाहकार केवल प्रसाद खत्री ,प्राध्यापक महावीर घर्ती ,अविरल वली, लोक बहादुर खत्री,प्युठानि विद्यार्थी मञ्च दाङ का अध्यक्ष दामोदर घर्ती लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले शुभकामना दिदै रोल्पाली विद्यार्थी हरु सबै एकजुट भएर लागेको देख्दा खुसी लागेको आफू विद्यार्थी हुदाको स्मरण भएको बताए ।साथै बिगतमा रोल्पा बाट दाङमा अध्ययन गर्न आउदा विद्यार्थी हरुले धेरै सास्ती खेप्ने गरेको भन्दै अब त्यस्तो समस्या आउन नदिन अबका विद्यार्थीले भुमिका खेल्नु पर्ने बताए। साथै आफु बालकल्यान मा बि लिवाङ रोल्पाको गणित र विज्ञान विषयको शिक्षक भएको आफुले पढाएका विद्यार्थीहरु धेरै नेता,डाक्टर ,इन्जिनियर ,शिक्षक लगायत विभिन्न क्षेत्रमा रहेको बताए ।अहिलेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ,हालका उपराष्ट्रपति पासाङ, माओवादी केन्द्रका नेता वर्षमान,ओनसरी,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सी सोनाम लगायतका नेता लाई पढाएको र पढाइ संग संगै राजनीति पनि सिकायको भन्दै अहिलेका विद्यार्थी हरु चौतर्फी हुनु पर्ने बताए। अनुसासित भएर अध्ययन पूरा गरेर राष्ट्र निर्माणमा लाग्न अनुरोध गर्नु भयो।साथै रोल्पालि विद्यार्थी मञ्च साझा मञ्च भएकाले यसको निति ,विधान अनुसार साझ भएर विद्यार्थीको सेवा गर्न आग्रह गर्नु भयो। कार्यक्रमका विशिष्ट अतिथि रोल्पाली सेवा समाज दाङ का सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्ती ले आफुहरु दाङमा अध्ययन गर्न आउदा पहिले धेरै दुख पाएको ले अब त्यस्ता समस्या आउन नदिन मञ्चले भुमिका खेल्नु पर्ने बताय,साथै विद्यार्थी हरुले अनुसासित भएर आफ्नो कर्तव्य पालन गर्न अनुरोध गरे,आफुहरुले विगत देखि नै रोल्पाली विद्यार्थी मन्चलाइ सहयोग गर्दै आएको र अब पनि निरन्तर सहयोग गर्ने बताए ।अर्का विशिष्ट अतिथि घोराही वडा नं १४ वडा अध्यक्ष शक्तिराम डागी ले शुभकामना दिदै विद्यार्थीको हितमा विद्यार्थी मञ्चले काम गर्नु पर्ने बताए।समाज निर्माणको मुल खम्बा विद्यार्थी भएकाले अध्ययन पूरा गरेर समाज रुपान्तरणमा लाग्नु पर्ने बताए ।साथै आफुले लामो समय देखि मञ्चको सल्लाहकारको भुमिका निर्वाह गर्दै आएको र अब पनि सक्दो सहयोग गर्ने बताए। कार्यक्रमका अर्का विशिष्ट अतिथि पदम के सि (खत्री) ले सुभकामना दिदै महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरु भयो। कार्यक्रमका अर्का विशिस्ट अतिथि रोल्पाली विद्यार्थी मञ्चका पूर्व संयोजक एवम् हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथ त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी ले शुभकामना दिदै रोल्पालि विद्यार्थी मंचको इतिहास ,यसको उदेश्य,लक्ष्य ,संस्था स्थापना गर्दा अग्रजहरुले गरेको योगदान का बारेमा चर्चा गरेका थिए ।रोल्पाली विद्यार्थी मञ्चको इतिहास गर्बिलो गौरवमय भएकाले अबका नेतृत्वले पनि त्यसको साख बचाइराख्नु पर्ने बताए ।साथै उनले बिगतमा बैठक र भेला मार्फत नेतृत्व चयन गर्ने गरेकोमा अहिले सम्मेलन गर्न सफल भएकोमा धन्यवाद दिए। यस्तै कार्यक्रमका अतिथि विज्ञान बिषयका प्राध्यापक महावीर घर्तीले शुभकामना दिदै विद्यार्थीको उर्जा तागत देखेर खुसी बएको बताए।विद्यार्थी हरु अध्ययन संगै चौतर्फी ज्ञान हासिल गर्नु पर्ने बताए ।मंचको लक्ष्य उदेश्य प्राप्तिमा एक भएर लाग्न अनुरोध गरे।साथै आफुले सक्दो सहयोग गर्ने बताए । सम्मेलन बाट अध्यक्षमा दिपक के सी,उपाध्यक्ष रुपकला विश्वकर्मा ,सचीव खुम रिजाल ,सहसचिव हिमाल वली,कोषाध्यक्ष दिपक वली सहित ७२ सदस्यीय समिति निर्वाचित गरेको छ।

रोल्पाली विद्यार्थी मञ्च दाङको कार्यसमिति

1) दिपक के सी अध्यक्ष

2)रुपकला बिश्वकर्मा उपाध्यक्ष

3) खुम रिजाल सचिव

4)हिमाल वली सह सचिव

5)दिपक वली कोषाध्यक्ष

सदस्य हरु रोल्पा नगर पालिका

1)नवीन डागी

2)लाल कुमारी डागी

3) तोपेन्द्र के सी

4)हिमाल डाँगी

5)दिपक घर्ती

6)दिलिशा पुन

7)बिमा बिक

8)गंगा कवर

9)श्याम के सी

10)अशोक वली

11) जमुना कवर

12)दिपा के सी

परिवर्तन गा पा

1) नबिन केसी

2) भिम रिजाल

3)बिकाश खड्का

4) गनेश के सी

5) धन कुमार वली

6)युबराज खत्री

7)मदन के सी

8)लोक ब. वली

9) इमेश थापा

10)त्रिन्का बुढा मगर

11)सुशील पौडेल

12)वर्षा बुढा

थबाङ गाउँपालिका

1)विशाल बुढा मगर

2) युङ्का झाक्री मगर

3)सुकमाया रोका मगर

4) मन कुमार रोका मगर

5) बेदना घर्ती मगर

त्रिबेनी गाउँपालिका

1) बासना घर्ती

2) धनमाया झाक्री मगर

3)इन्दिरा के सी

4)मिलन बुढा

5) शालिकराम वली

6)भागीराम डागी

सुनिल स्मृतिगाउँपालिका

1) अस्मिता सुनार

2)इन्दिरा सेती महर

3) रानी सोनी

4)शशांक सुवेदी

5)सोनिया बिक

6) बर्षा परियार

रुन्तिगढी गाउँपालिका

1)सिर्जना बोहरा

2)सन्देश पुन मगर

3)राम बिटालु

4) कमला पुन

5)बर्षा बुढा

6) सुरक्षा बुढा

माडी गाउँपालिका

1) दलसिंह घर्ती

2)अनमिका घर्ती

3)दिपा डागी

4)सुमन घर्ती

5)लोकेश बुढा

6) आयुश बिश्वकर्मा

लुङ्ग्री गाउँपालिका

1) ललिता पुन

2)प्रकाश घर्ती

3)कबिता पुन

4)बिन्दु घर्ती

5)लभिम घर्ती मगर

सुनछरी गाउँपालिका

1) प्रशान्त बुढा

2) देउचन वली

3) बिकाश के सी

गंगादेव गाउँपालिका

1) दिपक वली

2)दिपक के सी

3) भरत राना

4) शिव वली

5)भुपेन्द्र राणा

6)लक्ष्मण वली

उक्त सम्मेलन को अध्यक्षता मञ्चका संयोजक दिपक केसी ले गरेका थिए भने संचालन खुम रिजालले गरेका थिए ।रोल्पा जिल्लाका दस वटै स्थानीय तह बाट दाङ मा अध्ययन गर्न आएका विद्यार्थी हरु बाट ३२० जना प्रतिनिधि हरुको सहभागिता रहेको थियो। बिगतमा भेला र बैठक मार्फत नेतृत्व चयन गर्दै आएको मा अहिले पहिलो पटक सम्मेलन गरेको हो। यो रोल्पाली विद्यार्थी हरुको साझा संस्थाको रुपमा रहेको छ।।

कोभिड-१९ शिक्षा प्रतिकार्य सम्बन्धि छलफल कार्यक्रम जुगारमा सम्पन्न

0

🖊️अमृत वली

२०७८ फागुन ०९ सोमबार

त्रिवेणी गाउँपालिका, हुरेक नेपाल रोल्पा र युनिसेफको सहयोग, समन्वय तथा साझेदारीमा सञ्चालन हुन लागेको “कोभिड-१९ शिक्षा प्रतिकार्य तथा सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग परियोजना सम्बन्धि छलफल कार्यक्रम त्रिवेणी गाउँपालिकाको जुगारमा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा बिशिस्ट अथितिमा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा घर्ती ,अथितिहरुमा हुरेक नेपाल रोल्पाका अध्यक्ष घनश्याम आचार्य, त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल यादव , त्रिवेणी गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरु ,शिक्षक मंहासघ त्रिवेणी गाउँपालिका अध्यक्ष पुर्ण घर्ती ,प्रहरी चौकी जुगारका इन्चार्ज नन्द कुमार पोख्रेल , हुरेक नेपाल रोल्पाका कार्यकारी निर्देशक राजु आचार्य, रेडियो पल्लवीका अमृत वली , गाउँपालिकाका सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगाएतको आथित्यता रहेको थियो । छलफल कार्यक्रमा टोल शिक्षा कार्यक्रम र सुरक्षित खानेपानीको बारे छलफल भएको थियो ।। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वलीले हुरेक नेपालले र युनिसेफले बिबिध कार्यक्रमहरु ल्याएर त्रिवेणी गाउँपालिकाको समृद्धिमा इट्टा थप्ने काम गरेको भन्दा आभार प्रकटका साथै धन्यवाद व्यक्त गर्नुभएको थियो ।। शिक्षा प्रतिकार्य सम्बन्धि प्रशिक्षण हुरेक नेपाल रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डागिले दिनुभएको थियोे भने सुरक्षित खानेपानी सम्बन्धि प्रशिक्षण हुरेकका अबिलक अधिकृत भक्त बहादुर बस्नेतले दिनुभएको हो ।।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा त्रिवेणी गाउँपालिकाका ६ विद्यालय छनौट

0

२०७८ फागुन ०४ बुधबार

अमृत वली

त्रिवेणी गाउँपालिकाका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वटा बिद्यालयमा बिद्यालय भवनको लागि ५४ लाख र ४ वटा बिद्यालयको लागि ६ लाख ५० हजार बराबरको आईसिटी ल्याव स्थापनाको लागि ४ वटा बिद्यालयलाई २६ लाख बजेट विनियोजन भएको छ। भगवती माध्यमिक बिद्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर २दहबनको ४ कोठे बिद्यालय भवनको लागि ३६ लाख ,गोविन्द माध्यमिक बिद्यालय वडा नम्बर ७ दुम्लाको २ कोठे बिद्यालय भवनको लागि १८ लाख बजेट विनियोजन भएको छ । भने जनजागृति माध्यमिक बिद्यालय वडा नम्बर ५ जुगार,बिरेन्द्र माध्यमिक विद्यालय वडा नम्बर ७ गाङ,सिद्धरत्न माध्यमिक विद्यालय वडा नम्बर ५ हान्जबाङ र शुक्र माध्यमिक विद्यालय वडा नम्बर २ झुम्लुङ्गको आइसिटी ल्याव स्थापनाको लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार बराबरको बजेट पर्ने गरि जम्मा २६ लाख विनियोजन भएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाका २० वटा विद्यालयहरुमा ३६ लाख बराबरको ४ कोठे भवन, १८ वटा बिद्यालयमा १८ लाख बराबरको २ कोठे भवन, ३९ वटा बिद्यालयमा ६ लाख ५० हजार बराबरको आइसिटी, १ बिद्यालयमा १० लाख बराबरको ल्याब, १ बिद्यालयमा TEVT छुट २६ लाख र १ बिद्यालयमा २८ लाख ४ हजारको बालि बिज्ञानका लागि ८० वटा योजनामा १३ करोड ६१ लाख ५४ हजारको बजेट बिनियोजन भएको छ ।

नगरपालिका स्तरीय जलवायु पविर्तन महिला सचेतना मञ्चको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

२०७८ फागुन ०३ मङ्गलवार

नगरपालिका स्तरीय जलवायु पविर्तन महिला सचेतना मञ्चको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख पूर्ण केसीले कार्यक्रमको उदघाटन गर्दै यस कार्यक्रमले आर्थिक उपार्जनदेखी गरिबी न्यूनीकरणको कार्यमा प्रभावकारी काम गरेको बताउनुभयो । आशा परियोजना अन्र्तगत रोल्पा नगपालिका भित्रका वडा नम्बर ६, ७, ८ र १० नम्बरमा गरी ४ वडा वडामा लापा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रममा जलवायु परिवर्तन र महिलाको प्रभावका बिषयमा कार्यक्रम संयोजक बिनोद ज्ञवालीले प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल सरकारद्धारा सञ्चालित यो परियोजनाले रोल्पाको ७ वटा पालिका र ३० वटा वडहरुमा कार्यक्रम गरीरहेको उहाँले बताउनुभयो । यसैगरी जिल्ला जलवायु परिवर्तन विज्ञ युवराज गुरागाँइले जलवायु अनुकुलन बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नगर उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका सामाजिक विकास परिचालन अधिकृत रबिन राईले गर्नुभएको थियो । कार्यक्रममा रोल्पा नगरपालिकाका १० वटै वडाका महिला प्रतिनिधिहरु सहभागि रहेको १७ सदस्यीय महिला सचेतना मञ्च गठन भएको छ । जस्को संयोजक नगर कार्यपालिका सदस्य मिना घर्ती रहनुभएको छ । कार्यक्रममा रोल्पा नगरपालिकाको निति तथा कार्यक्रमको बारेमा महिला तथा बालबालिका शाखाका प्रमिला घर्तीमगरले प्रस्तुती गर्नुभएको थियो । रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा, आशा परियोजनाका रेन्जर राजेस डाँगी, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा बुढा, राजनितिक दलका महिला प्रतिनिधिहरु र विभिन्न वडाबाट सहभागि भएका महिला प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।।

महिला सहकारी संस्थालाई व्यवसायिक तालिम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

0

२०७८ फागुन ०३ मङ्गलवार

त्रिवेणी गाउँपालिका रोल्पाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला सहकारी संस्थालाई व्यवसायिक तालिम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय सुचना केन्द्र तथा सामुदायिक सभाहल त्रिवेणी गाउँपालिका ७ तिला रोल्पामा सम्पन्न भएको छ ।। त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सुरुभएको अभिमुखिकरण कार्यक्रममा त्रिवेणी गाउँपालिका ७ का वडा अध्यक्ष भान बहादुर घर्ती, त्रिवेणी गाउँपालिका कार्यपालिका सदस्य गिता नेपाली , त्रिवेणी गाउँपालिका महिला बालबालिका शाखा इकाई प्रमुख हिरा बुढा , त्रिवेणी गाउँपालिका ७ कि वडा सचिव जित कुमारी वली (थारु),दिपमाला महिला बचत तथा ऋणसहकारी संस्थाकि अध्यक्ष लालसरी घर्ती ,उद्योग सहजकर्ता दिपा कुमारी वुढा, गैरिगाउ स्वास्थ्य चौकी प्रमुख रुपास बस्नेत ,पशु प्राविधिक खगेन्द्र रिजाल , पोषण सहजकर्ता सुरेस डागी लगाएत अन्य ४० जनाको उपस्थित रहेको थियो । त्रिवेणी गाउँपालिका रोल्पाको बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि मिति २०७८पुस १ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार सत प्रतिशत अनुदान दिने निर्णय गरिएको थियो र सोही मुताविक सुनौलो हजारदिनका २५ जना महिलाहरुलाई व्यवसायिक तथा आयमूलक आयआर्जनका लागि रु २५ हजारका दरले एकमुष्ट ६ लाख २५ हजार रुपैयाँ दिपमाला महिला तथा बचत ऋणसहकारी संस्था त्रिवेणी गाउँपालिका ७ तिलालाई प्रदान गरिने बताइएको छ ।।

खर्क गाउँका प्रत्येक घर परिवारलाई १ वटाका दरले बाख्रा वितरण

0

फागुन ३, खर्क (राप्ती उपत्यका दाङ)
खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई १ वटाका दरले गर्भिणी र बैश्क बाख्रा वितरण गरिएको छ ।
गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाँउपालिका वडा नं १ को कार्यालयले खर्क गाउँका ११ घरपरिवारलाई बाख्रा वितरण गरेको हो ।
वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी को अध्यक्षता, गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा सोमवार खर्कमा एक कार्यक्रमका विच बाख्रा वितरण गरिएको हो ।
खर्क गाउँ राप्ती गाउँपालिकाको वडा नं १ अन्तरगत विकट बस्तीको रुपमा रहको गाउँ हो । जहाँ ११ घरधुरीको बसोबार रहेको छ । विद्युतको राष्ट्रिय लाईन पुग्न नसकेको कारण वडा कार्यालयले  गाउँपालिका र सहयोगि निकासको पहलमा सोलार विजुली तथा सोलार लिफ्ट खानेपानीका ब्यवस्था गरेको छ ।
स्थानिय नागरिकको र गाउँको विकासका लागि स्थानिय सरकार लागि परेकोमा खर्क गाउँबासीहरुले खुसीको महसुस गरेको बताउदछन् ।
बाख्रा वितरण पुर्व बाख्राको स्वास्थ्य चेकजाच तथा विमा गरिएको छ । स्थानिय तथा उन्नत जातका बाख्रा वितरण कार्यक्रममा वडा सदस्य पुर्ण जंग रेश्मी, पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल, वडा सचिव विश्व पौडेल, प्राविधिक शरद रमन पुरी, स्थानिय समाजसेवी टिका पुन लगायतको सहभागिता रहेको थियो ।

राेल्पा नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ दिने रिफ्रेसर तालिमकाे आयाेजना

0

२०७८फागुन ०३ गते मङलवार

राेल्पा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ दिने रिफ्रेसर तालिमकाे आयाेजना गरिएको छ । तालिमकाे नगर प्रमुख पुर्ण केसीले उदघाटन गर्नुभएको छ । नगरका ६३ जना महिला स्वयंसेविकाहरुलाइ दुई चरणमा गरेर उक्त तालिम प्रदान भैरहेकाे नगर स्वास्थ्य शाखा प्रमुख टंक गिरीले बताउनुभयाे । जसमा पहिलाे चरणकाे तालिम हिजो सोमबारबाट शुरु भएको छ भने केही दिनपछि दाेस्राे चरणकाे तालिम शुरु हुने बताइएकाे छ । नगर स्वास्थ्य शाखाकाे आयाेजनामा आयाेजित तालिमकाे सहजिकरण स्वास्थ्यकर्मिहरु दलबहादुर नेपाली, निर्ध्वज घर्ती , दिपेन्द्र बिक, सुमन आचार्यले गरिरहनुभएकाे छ । प्रजनन स्वास्थ्य, विभिन्न स्वास्थ्य सम्बन्धि सचेतनामुलक तालिम प्रदान गर्ने आयाेजकले बताएको छ । स्वास्थ्यकाे क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रदान गरिरहेकाे सेवाकाे मुल्यांकन गर्दै उक्त क्षेत्रमा अझै दक्षबनाउन र उनिहरुलाइ जागरुक बनाउनका लागि यश तालिमकाे आयाेजना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख गिरीले बताउनुभयो । उदघाटन कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख गिरीले गर्नुभएको थियाे भने स्वागत मनतब्य सिअहेब नैना डांगीले दिनुभएको थियाे । तालिम ३ दिन सम्म सञ्चालन हुने आयाेजकले बताएको छ ।

बेल्डडि गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम खातिलाई कालोमोसो लगाएर जनकारबाही

0

माघ २७ कञ्चनपुर ।
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरले भ्रष्ट वडा अध्यक्षमाथि जनकारबाही गरेको छ।
बिहिवार बेल्डडि गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम खातिलाई कालोमोसो लगाएर जनकारबाही गरिएको संगठनले जनाएको छ।

भ्रष्ट वडा अध्यक्ष प्रेम खातिलाई कारवाही गर्नुको कारण यस्ता रहेका छन?
१. वडा कार्यलय भवनको भाडा एकठाउँ दिने अनि कार्यलय भने गाउँपालिका भित्र रहेकाले।
२. संम्झौता बहुउद्देश्यीय र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने निर्णय गरेकोले।
३. मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेकाले।
४. मनोमानी तरिकाले ग्राईविल फालेको हुनाले।
५. उपभोक्ता समिति पनि मनोमानी तरिकाले आफ्नो अनकुलतामा काम गरेकाले।
६.गाउँपालिकाको पछाडि एकल महिलाका लागि २८ लाखमा बनाएको ०४ कोठे भवनमा समेत अनमियतता गरेको हुनाले।
७. बसपार्कका लागि भनी ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेकाले ।
८. वडा कार्यलयमा उपस्थित नभई सेवा ग्रहिहरुलाई अनेक बाहनामा दु:ख दिएकाले।
९. कालिकिच उपभोक्ता समितिको कार्यलय देखि क्याम्प सम्मको सडक निर्माण मा पनि आर्थिक अनिमियतता भएकाले।

लागुऔषध सहित एक महिला पक्राउ

0

२०७८ माघ १८ मङ्गलवार

अमृत वली रोल्पा

रोल्पामा लागुओैंषध ब्राउनसुगर र चरेस सहित एक महिला पक्राउ परेकिछिन ।। रोल्पाको लुङ्ग्री गाउपालिका वडा नं. ६ गुम्चाल घर भई हाल सुनिलस्मृति गाउपालिका वडा नं.६ रुईनिवाङ स्थित झरना नास्ता पसल गरी वस्ने वर्ष ३०की झलमलि वुढाथोकीले अवैध लागु औषधको कारोवार गरीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले नास्ता पसल खानतलासी गर्दा निज महिलाको शरिरवाट अवैध लागु औषध ब्राउनसुगर ११ पुरिया २४० मिलिग्राम र ६४ ग्राम लागऔषध चरेश सहित फेला पारी बरामद गरि निज महिला समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

राप्ती गाउँपालिकामा लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण 

0

राप्ती गाउँपालिकामा लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण गरिएको छ ।
कोरोनाको पछिल्लो भेरीयन्ट बाट सुरक्षित रहन मास्क, सेनिटाईजर प्रयोग गर्दै सामाजिक दुरी कायम गरि राप्ती सभाहलमा आयोजना गरिएको लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण कार्यक्रममा कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयले लैङिक समानता तथा सामाजिक समाबेशीकरणका क्षेत्रमा गरेका कार्य प्रगतिको बारेमा परिक्षण गरिएको हो ।
लैङ्गिक समानता सामाजिक परीक्षण बजेट तर्जुमा नीति, प्रक्रिया र संरचनाको लैङ्गिक सम्वेदनशीलता र जवाफदेहिता मापन गर्न, श्रोतको वांडफांटमा महिलाका आवश्यकता सम्वोधन भए नभएको विश्लेषण गनका लागि गर्ने गरिन्छ ।  
नीति निर्माण र योजना तर्जुमा प्रक्रियामा महिलाका मुद्धालाई छलफलमा ल्याउन र सरोकारवालाहरुलाई उत्तरदायी वन्न उत्प्रेरित गर्न लैङ्गिक मूल प्रवाहीकरणको समग्र प्रक्रियमा योगदान दिने तर्फ उन्मुख लैङ्गिक सम्वेदनशील आर्थिक प्रतिवद्धता निर्माण गर्न सहयोग पु¥याउनका लागि गर्ने लैङ्गिक समानता सामाजिक परीक्षणले गाउपालिकाको योजनाका विभिन्न चरणमा लैससासलाई प्राथमिकिकरण तथा कार्यान्वयनमाप्रभावकारिता ल्याउनको लागि विस्तृत कार्य योजना तयार गर्न मदत गर्दछ ।
गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको सहभागिता रहको लैङिक समानता तथा सामाजिक समाबेशीकरण संरक्षणमा गाउँपालिकाले हाल गर्न नसकेको कार्यलाई संचालन गर्न योजना निर्माण गरिएको छ ।